८ पुस २०८२, मंगलबार

सडक निर्माणमा वन बाधक बन्यो, कानून परिमार्जन गरौँः राज्यमन्त्री चपाईं

प्रकाशित मिति :  23 May, 2023 4:20 pm


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले विकास र्निमाणका कामहरू जलवायुमैत्री हुन नसकेको बताइन् ।

स्पिकर्स फोरम र एमसिडिफ नेपालले मंगलबार काठमाडाैँमा गरेको जलवायु परिवर्तनसम्बन्धी नीतिगत वहसमा उनले वन र सडकको तादम्यता नमिल्दा सडक निर्माण हुन नसकेको गुनासो आउने गरेको बताएकी हुन् । पहाडी क्षेत्र जलवायु परिवर्तनबाट बढी प्रभावित हुने गरेको उल्लेख गर्दै उनले जलवायुमैत्री विकास निर्माणको सम्पुर्ण जिम्मा स्थानीय तहलाई दिनुपर्नेमा जोड दिइन् । उनले जलवायु परिवर्तनमा आउने वैदेशिक सहयोगको सदुपयोग भए न भएको अनुगमन र निरीक्षण हुन आवश्यक रहेको बताइन् ।

उनले भने, “जलवायु परिवर्तनको धेरै असर पहाडी क्षेत्रमा पर्ने भएकाले स्थानीय तहमा पनि यसको आवश्वक अधिकार स्थानीय तहलाइ दिने र स्थानीय तहले पनि कार्यान्वयन गरेर जाने अवस्था अत्यन्त आवश्यक हो । बाहिरबाट जलवायु परिवर्तनका लागि आउने रकम ८० प्रतिशत स्थानीय तहमा जान्छ भन्दा खुशी लागेको छ, तर यो सदुपयोग भएको छ की छैन, यसको अध्ययन गर्न आवश्यक छ । हाम्रो ऐन, कानूनको कार्यान्वयन हुन आवश्यक छ ।” 

राज्यमन्त्री चपाईंले वातावरण प्रदुषण कम गर्ने तर्फपनि सबैको ध्यान जान आवश्यक रहेको बताए । 



प्रतिक्रिया दिनुहोस !