आज नवनियुक्त मन्त्रीहरूले शपथ लिँदै
प्रकाशित मिति : 24 May, 2023 8:17 am
काठमाडौँ । आज नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिँदैछन् । वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीले आज शपथग्रहण लिन लागेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार आज बिहान १० बजे शपथग्रहणको कार्यक्रम राखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवलाई नियुक्त गरेका थिए ।








