२ पुस २०८२, बुधबार

भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न रास्वपाकाे माग

प्रकाशित मिति :  24 May, 2023 11:48 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ । जारी प्रतिनिधिसभा बैठकको सुरूमै राष्ट्रिय स्वतन्त्र पार्टीका संसाद तथा सभापति रबि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमाको विषयमा छानबिन गर्न सरकार डराएको बताएका छन् ।

उनले भने, “यो प्रकरणमा कुनै राजनीतिक दल बाँकी छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस्। त्यतिमात्र होइन राज्यका निकायहरूको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी र प्रमुखहरूका नाम आइरहेको छ। यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन। दिनको उज्यालोमा प्रधानमन्त्री निवास बालुवाटारमा, सिंहदरबारमा, मन्त्री क्वार्टरमा लेनदेन भएका विषय आएका छन्,” उनले भने, “यहाँ मुछिएका मानिसहरू हेर्नुहोस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ?”

‘मुटु दह्रो छ भनेर गृहमन्त्री र प्रधानमन्त्रीले भन्नुभएको थियो। उहाँहरूको मुटु कहाँ गएर चेक गर्नेरु कति दह्रो छ भन्ने हामीले देखेका छौं,’ उनले भने, ‘खुट्टा कमाउनु भएन।’ प्रहरी प्रमुख लगायतलाई पनि सोधपुछ गरिनुपर्ने उनले बताए।

लामिछानेले आम नागरिक र नेताहरूको लागि कानुन भिन्रा भिन्रै भएको बताएको छन् । उनले भने, “आम नागरिकको हकमा बयान दिन आउँछु भन्दा भन्दै धरपकड गरेको इतिहास छ । न्युज रुमबाट समातिएको म आफैँ छु ।”

उनले उक्त विषय गम्भिर रहेको र यस्तो छानबिले नेपाली जनताले चाहेको जस्तो नतिजा नआउने बताउँदै संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छन् ।



प्रतिक्रिया दिनुहोस !