भ्रष्टचारको फाइल नखोले सदन चल्न दिँदैनौ : शाही
काठमाडाैं । राष्टिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीले अरबौंका भष्टचारका फाइल नखोले संसद चल्न नदिने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बौल्दै शाहीले सरकारले अख्तियारमा थन्किएका भष्टचारका फाइल नखोले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
शुन्य समयमा शाहीले भने ‘सरकारले कर्णालीमा सडक बनाउनुपर्यो भन्दा पैसा छैन भन्छ,तर अख्तियारमा अरबैंका भ्रष्टचारका फाइलमा धुलो लागिसक्यो कारबाही अगाडी बढाउन सक्दैन ।’
साथै उनले भ्रष्टचारीलाई कारबाही गरेर राज्यकोषमा रकम दाखिला गरि विकास निर्माणका काममा अगाडी बढ्नु पर्ने बताए ।
उनले भने ‘यो देशमा कानुन गरिब र धनीका लागि अलग्गै कानुन हो ? दोषि को हो ? पत्रपत्रिकामा नाम आउँदा समेत उसलाई पक्राउ नगर्ने ?’
भ्रष्टारको फाइल खोलेर कारबाही नगर्ने हो भने सडक र सदनको आन्दोलन देशले थेग्न नसक्ने शाहीले बताए ।








