१३ बैशाख २०८१, बिहिबार

गाउँपालिकाद्धारा अफ्ठेरोमा परेका आफ्ना वासिन्दा उद्धार गर्ने घोषणा,समन्वयका लागि अपिल

प्रकाशित मिति :  17 April, 2020 5:17 pm


रोल्पा, ५ वैशाख ।

रोल्पाको रुन्टीगढी गाँउपालिकाले देशका विभिन्न जिल्लाहरुमा इट्टा भट्टा तथा अन्य योजनाहरुमा काम गर्न पुगेका श्रमिकहरुको उद्धार गर्ने घोषणा गरेको छ ।

अध्यक्ष बालाराम बुढाले आज सार्वजनिक अपिल गर्दै रुन्टीगढी गाँउपालिकाभित्र स्थायी बसोवास भएका र देशका विभिन्न जिल्लामा लकडाउनका कारण अफ्ठेरोमा परेका श्रमिकको उद्धार गर्ने घोषणा गरेका हुन् ।

उनले जारी गरेको अपिलमा भनिएको छ,‘यो विषम परिस्थितिमा यस गाँउपालिकाभित्र स्थायी वसोवास भएका देशका विभिन्न जिल्लाहरुमा इट्टा भट्टा तथा अन्य योजनाहरुमा श्रम गर्न पुगेका श्रमिकहरुलाई उद्धार गर्न तथा उनीहरुलाई सुरक्षीत घरसम्म पुर्याउन स्थानीय सरकारको दायित्व र जिम्मेवारी रहन्छ भन्ने कुरामा हामी स्पष्ट र्छौं ।’

अध्यक्ष बुढाले जारी गरेको अपिलमा राजमार्ग वा श्रम गर्ने स्थानमा अलपत्र परेका रुन्टीगढी गाँउपालिका अन्तर्गतका सबै श्रमिकहरुलाई आफ्नो वडाका वडाअध्यक्षहरुसँग सम्पर्क गरेर सबै जानकारी गराउन आग्रह गर्दै नम्बर उपलब्ध गराईएको छ ।

अपिलमा भनिएको छ,‘ आफ्नो वडाका वडा अध्यक्ष ज्यूहरुसँग सम्पर्क गरी आफ्नो अवस्था आफू रहेको स्थान, उद्योग वा योजनाको नाम र प्रयोग गर्ने मार्गको विस्तृत विवरण जानकारी गराउन यसै अपिल मार्फत अनुरोध गर्दर्छु ।’

गाँउपालिकाले सञ्चारकर्मी,अधिकारकर्मी, मानवअधिकारवादी संघसंस्था,नागरिक समाज, नीजि क्षेत्र, विभिन्न राजनीतिक दल स्थानीय प्रशासन, गृहमन्त्रालय र जिल्लाबाट प्रतिनीधित्व गर्ने सांसद तथा मन्त्रीहरुलाई सहयोगका लागि सार्वजकि अपिल गरेको छ ।

गाँउपालिकाको सार्वजनिक अपिल र सम्पर्क फोन नम्बर



प्रतिक्रिया दिनुहोस !