प्रतिनिधि सभाको बैठक बस्दै
प्रकाशित मिति : 26 May, 2023 9:36 am

काठमाडौँ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।
आजको बैठकमा सांसदहरुले सरकारले जेठ ५ गते प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा छलफल गर्ने र प्रधानमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
साथै आज नै प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको छ । जेठ ७ गतेदेखि सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा छलफल गरिरहेका छन् । सरकारले जे७ १५ गते आगामी आर्थिक् वर्षको बजेट ल्याउँदैछ ।