१२ श्रावण २०८१, शनिबार

स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै एमाले

प्रकाशित मिति :  26 May, 2023 10:11 am


काठमाडौँ । नेकपा एमालेले आजबाट स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरुलाई अनुशिक्षण दिँदैछ ।

एमालेले पार्टी केन्द्रिय कार्यालय च्यासलमा दुई दिने अनुशिक्षण दिन लागेको हो । अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

कार्यक्रममा स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्षहरू सहभागी हुँदैछन् । जनप्रतिनिधिहरूलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !