१६ जेष्ठ २०८०, मंगलबार

प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

प्रकाशित मिति :  26 May, 2023 11:23 am


काठमाडौं। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् ।

आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८० /०८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने कार्य सूचि रहेको छ ।



प्रतिक्रिया दिनुहोस !