१२ श्रावण २०८१, शनिबार

एमालेको नारावाजीपछि संसद बैठक २० मिनेटको लागि स्थगित

प्रकाशित मिति :  26 May, 2023 12:46 pm


काठमाडौं । नेकपा एमालेको अवरोधपछि संसद बैठक २० मिनेटको लागि स्थगित भएको छ । एमालेका सांसदहरु बैठक अवरुद्ध गर्दै संसदमा नारावाजी गरेपछि सभामुखले बैठक २० मिनेटको लागि अवरुद्ध भएको घोषणा गरेका छन् ।

पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले प्रतिनिधि सभाको बैठकमा बोल्दै आपत्ति जनाएका हुन्।

कांग्रेस सांसद लेखनाथ दाहालले सांसदले ओली नेतृत्वको सरकारले पशुपतिनाथको मन्दिरको गजुरमा सुन भनेर पित्तल लगाएको आरोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस !