प्रतिनिधिसभा बैठक साँझ ६ बजे बस्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्ने भएको छ । शुक्रबार मध्यान्ह साढे १२ बजेदेखि स्थगित भएको बैठक साँझ ६ बजे बस्ने गरी बोलाइएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
२० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । प्रतिपक्षी दल एमाले र सत्तापक्षबीच कुरा नमिल्दा बैठकको समय पछि धकेलिएको संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयले सूचना जारी गदै, ुआज मिति २०८० साल जेठ १२ गते शुक्रबार सूचना प्रकाशित गरी दिनको ३०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९२० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै बेलुका ६स्०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।ु
आजको संसद बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरुले नारावाजी गर्दै संसद अवरोध गरेका थिए । नेकपा माओवादी सांसद लेखनाथ दाहालले ओलीलाई पशुपतिमा सुनको जलहरीको ठाउँमा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।







