बजेटबारे छलफल गर्न सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
प्रकाशित मिति : 28 May, 2023 11:07 am
काठमाडौं । बजेटबारे छलफल गर्न आज मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायतबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बसेको हो।
सरकारका तर्फबाट सोमबार अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदैछ । बुधबार ९जेठ १७ गते०देखि नै प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्ने तय भएको छ ।








