७ बैशाख २०८१, शुक्रबार

रेशम चौधरी रिहा भएपछि समर्थकहरू भन्छन् : भूमिपुत्रको जित भयो

प्रकाशित मिति :  29 May, 2023 12:41 pm


काठमाडाैँ । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरू खुशी देखिएका छन् । 

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा भएसँगै उनका समर्थकहरू उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए । चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माइतीघरमा आएर आफ्ना समर्थकहरूसँग भेट गरेका छन् ।

माइतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरूको भीड देखिन्थ्यो । स्वागत र समर्थनमा माइतीघर मण्डलामा पुगेका देवराज लामाले टिकापुर घटनाका वास्तविक अपराधीहरूलाई उम्काइएको र निर्दोषलाई फसाइएको बताए । उनले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै उनले अहिलेसम्म पनि टिकापुर घटनाका वास्तविक दोषीहरूलाई पक्राउ नगरिएको बताए । उनले आफूहरू अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे ।

समर्थकहरूले बिरोधका लागि बिरोध गर्ने संस्कृति बढीरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए । रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको बताए । 



प्रतिक्रिया दिनुहोस !