४ बैशाख २०८१, मंगलबार

कृषिजन्य वस्तुको निर्यात बढाउन अर्गानिक सर्टिफिकेसन कार्यक्रम सञ्चालन गरिने

प्रकाशित मिति :  29 May, 2023 6:40 pm


काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले कृषिजन्य वस्तुको निर्यात बढाउन अर्गानिक सर्टिफिकेसन कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री चिया लगायत कृषिजन्य वस्तुको निर्यात अभिवृद्धि गर्न आवश्यक प्रविधि, उपकरण, अर्गानिक सर्टिफिकेसन स्किम जस्ता कार्यक्रम सञ्चालन गरिने बताएका हुन्।

उनले चिया, कफी लगायत निकासीजन्य कृषि उत्पादनको परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न रकम विनियोजन गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !