१५ बैशाख २०८१, शनिबार

पाँच स्थानका कृषि बजारमा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला विस्तार गरिने

प्रकाशित मिति :  29 May, 2023 6:19 pm


काठमाडौँ । अर्थमन्त्री डा। प्रकाशशरण महतले धरान, सिन्धुली, धनुषा, कावासोती र सुर्खेत गरी थप पाँच स्थानका कृषि उपज थोक बजारस्थलमा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला सेवा विस्तार गरिने बताएका छन् ।

सोमबार आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री थप पाँच स्थानका कृषि उपज थोक बजारस्थलमा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला सेवा विस्तार गरिने बताएका हन्।

खाद्य पदार्थमा हुन सक्ने विषादीहरूको अवशेष परीक्षणको दायरा विस्तार गरिने भएको छ। खाद्य प्रविधि, पशुपन्छी आहारा र पशुपन्छी रोग अन्वेषण प्रयोगशालाहरूलाई क्रमश स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाइने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !