१६ चैत्र २०८०, शुक्रबार

यस्ताे छ प्रतिपक्षदेखि निजी क्षेत्रकाे बजेट प्रतिक्रिया

प्रकाशित मिति :  30 May, 2023 8:28 am


काठमाडाैँ । सत्तापक्ष, प्रतिपक्ष नेतादेखि निजी क्षेत्रका प्रतिनिधीले आगामी आर्थिक वर्षकाे बजेट भाषणप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । न्युज एजेन्सी नेपालले लिएकाे प्रतिक्रियामा नेता तथा सराेकारवालाले बजेटकाे कार्यान्वयन पक्षमा शंका गरिएकाे छ भने कतिपय प्रसंग गलत भएकाे बताएका हुन् ।

के भन्छन निजी क्षेत्र

आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको लागि सकारात्मक आएको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ । संक्षिप्त प्रतिक्रिया दिँदै निजी क्षेत्रका तीन ठूला छाता सङगठनका अध्यक्षहरुले सरकारले ल्याएको बजेट सकारात्मक आएको प्रतिक्रिया दिएका छन् । उनीहरुले निजी क्षेत्रले उठाएमा मागहरु कतिपय सम्बोधन भएको भन्दै सरकारले कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा समावेश गरिएका नीतिहरु कार्यान्वयन भए सकारात्मक देखिएको बताए। उनले सरकारले निजी क्षेत्रले दिएका सुझावहरु आयोजनाको लागि वातावरण मूल्याङ्कन,जग्गा प्राप्ति र पर्यटन क्षेत्रका विषयहरु सकारात्मक रहेको बताए।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रमा देखिएको समस्या अनुसार बजेट वितरणमुखी देखिएको बताए । उनले बजेटमार्फत आश्वसन दिने सरकारको परम्परा रहेको भन्दै कार्यान्वन हुनेमा निजी क्षेत्रलाई शंका रहेको बताए।

त्यस्तै,नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजेटले व्यवस्था गरे अनुसार कार्यान्वयन भए सकारात्मक रहेको बताए। उनले उद्योगी व्यवसायीहरुको लागि एकदमै राम्रो नभएको तर आशा जगाउने बजेट आएको प्रतिक्रिया दिए।

प्रतिपक्षकाे नजरमा बजेट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताएका छन् ।
सोमवार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले अहिलेको बजेटले आर्थिक संकट दर्शा पनि समाधान नदिने बताएका हुन् । उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने प्रतिक्रिया दिए। उनले भने,‘बजेटले संकत दर्शाउछ तर संकटको समाधान केही पनि दिदैन।’

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन्। बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन समेत नसकेको बताए । उनले चलनचल्तीका कार्यक्रम घोषणा गर्ने बाहेक बजेटले केही गर्न नसकेको बताए। र्थतन्त्र देखिएको संकट र मन्दीको अवस्थालाई जुन उचाईबाट समाधान दिनुपर्ने थियो त्यस हिसावले बजेट आउन नसकेको टिप्पणी गरे । उहाँले भने,‘सरकारले ल्याएको बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन सकेन । राजश्व परिचालनको दृष्टिकोणले गर्दा चालु आर्थिक वर्षमा दर्दानक अवस्था छ । सरकारले ल्याएको बजेटले लिएका लक्ष्य अनुसार राजश्व परिचालन,पुँजीगत खर्च,लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न सक्दैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन् । लिङदेनले मुलुकको वर्तमान आर्थिक संकट र चुनौतिको समाधान गर्नुपर्ने अवस्था भएपनि त्यस अनुरुप बजेट आउन नसकेको बताउनु भयो। उनले विगतका सरकारले ल्याउने बजेट सुन्दा राम्रो भएपनि कार्यान्यनमा समस्या हुने गरेको भन्दै अहिलेको बजेट पनि कार्यान्वयनमा चुनौति रहेको बताए । उनले बजेट अनुदान र ऋणमा आधारित भएर आएकाले आशा गर्ने ठाउँ भएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेटमा सांसद विकास कोष छुट्टयाएकोमा आपत्ति जनाएका छन् । उनले सांसदलाई ठेकदार बनाउने गरी सो कोषको व्यवस्था बजेटमा भएकाले त्यसलाई आफ्नो पार्टीले विरोध गर्ने प्रतिक्रिया दिए। सभापति लामिछानेले बजेटले निर्धारण गरेको लक्ष्य पूरा गर्ने आधार नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् । उनले भने, ‘बजेट हेर्दाखेरी यस्तो लाग्छ कि चुनाव आउनु लागेको हो कि चुनावमा बाँडनुपर्छ भने जसरी बजेट आएको देखिन्छ । सुन्दाखेरी एकदमै आकांक्षा राखेको जस्तो देखिन्छ । तर, लक्ष्य प्राप्त गर्ने आधार नै देखिदैन । जनप्रतिनिधिलाई, नीति निर्मातालाई कानुन बनाउनेलाईृ ठेकदार बनाउने काम जस्तो लाग्दछ मलाई । यो गलत कुरा हो । यो गरिनु हुन्न थियो ।  हामी त्यसको पक्षमा छैनौं । त्यसको विरोधमा उत्रन्छौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेट अविश्वसनीय रहेको र यसको कार्यान्वयन हुने गुन्जायस नरहेको प्रतिक्रिया दिए । बाह्य लगानी बढाउने कुरा, निजी क्षेत्रको लगानी बढाउने कुरा, पूँजीगत खर्च बढाउने कुरा बजेटमा उल्लेख गरिएको र त्यसमा आफूहरुको पनि समर्थन रहने उनले बताए । सांसद वाग्लेले भने, ‘आएको अनुमान अविश्वसनीय छ । र, व्ययको अनुमान इच्छाप्रेरित छ । तापनि हामीले के भनेका छौं भने ५, ७ वटा कुराहरु सकारात्मक सदिक्षा राखेर नै सुरु गर्नु भएको जस्तो देखिन्छ । निजी क्षेत्रमा लगानी बढाउने, पुँजीगत खर्च बढाउने, फजुल खर्च घटाउने कुरामा पनि हाम्रो समर्थन रहन्छ । यो बजेटको आकार चाँही अविश्वसनीय छ । यो बजेट कार्यान्वयन हुने गुन्जायस छैन ।’



प्रतिक्रिया दिनुहोस !