१५ चैत्र २०८०, बिहिबार

बसपार्कको नाममा भीरकोट नगरपालिको रजाईँ, महालेखाको प्रतिवेदनलाई वेवास्ता

प्रकाशित मिति :  30 May, 2023 1:22 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले बारम्बार महालेखापरिक्षक कार्यालयको प्रतिवेदनलाई वेवास्ता गर्दै बसपार्क संचालन गर्दै आएको छ ।

भीरकोट बसपार्कको विषयमा आर्थिक वर्ष २०७७/०७८ को महालेखापरीक्षकको प्रतिवेदनले उक्त स्थानमा बसपार्क संचालन गर्दा बढी खर्चिलो भएको औँल्याएको थियो । तर पालिकाले महालेखाको निर्देशनलाई ल्ताएर बसपार्क संचालन गर्दा महालेखाले पुन पालिकालाई बसपार्क संचालन नगर्न भन्दै आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनमा निर्देशन गरेको छ ।

महालेखाको प्रतिवेदनमा सार्वजनिक निकायले सार्वजनिक श्रोतको उपयोग गर्दा मितव्ययी र अधिकतम प्रतिफल सुनिश्चित हुनेगरी खर्च गर्नुपर्नेमा नगरपालिकाले बसपार्क संचालनमा गर्ने प्रयोजनको लागि विभिन्र १२ जना व्यक्तिको जग्गा प्रतिरोपनी मासिक १७ हजार ४५ रुपैयाँका दरले वार्षिक २ लाख ६२ हजार ९२८ खर्च हुने जनाएको छ ।

करिब १० लाख खर्चेर निर्माण गरेको बसपार्क नियामक निकाय नगरपालिकाको वेवास्ता र व्यवसायीहरूको लापरबाहीका कारण अलपत्र अवस्थामा रहेको उक्त जग्गाको कुनै उपयोग भएको छैन भने उल्टो पालिकाबाट वार्षिक लाखौँ रकम खर्च भएको छ ।

प्रतिवेदनमा नगरपालिकाले अध्ययन बिना नै बसपार्कको स्थान छनोट गरेको र नगरक्षेत्रमा उक्त जग्गा उपभोग नभएको बताएको छ । नगरपालिकाले यस प्रकारका कार्य गर्दा पूर्वसम्भाव्यता अध्ययन गरी सबैलाई पायक पर्ने स्थानमा बसपार्क बनाउने स्थानको छनौट नगरी भाडामा लिई खर्च लेखेको रकम बराबरको पालिकालाई थप व्ययभार परेको प्रतिवेदनले औँल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !