८ पुस २०८२, मंगलबार

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

प्रकाशित मिति :  31 May, 2023 7:37 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणमा जाँदै छन् ।

आज दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित ४७ जनाको प्रतिनिधिमण्डल रहनेछ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तालिका छ।



प्रतिक्रिया दिनुहोस !