४ पुस २०८२, शुक्रबार

यी पाँच प्रदेशमा वर्षा हुने

प्रकाशित मिति :  31 May, 2023 7:59 am


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक\दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशहरुका एक वा दूई स्थानमा मेघ गर्जन चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !