२५ माघ २०८२, आइतबार

आज तुलसीको दल राख्ने दिन

प्रकाशित मिति :  31 May, 2023 8:18 am


काठमाडौँ । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् तुलसीको बीज राख्ने दिन । निर्जला एकादशीका रुपमा मानिने यस दिन वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा तुलसीको दल राख्ने गर्दछन्।

आजको दिन छरेका बीज अंकुर भइ आषाढ शुक्ल एकादशी दिन अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

आज निर्जला एकादशी भएकाले आजको दिन पानी समेत नपिई व्रत बस्नाले मनले आटेका काममा सफतला पाइने विश्वास रहेको छ ।



प्रतिक्रिया दिनुहोस !