१२० जनाको टोलीसहित नयाँ दिल्ली पुगे प्रधानमन्त्री, भारतीय राज्यमन्त्रीले गरिन् स्वागत
प्रकाशित मिति : 31 May, 2023 5:03 pm
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणका सिलसिलामा नयाँ दिल्ली पुगेका छन् । करिब १२० सदस्यीय टोलीको नेतृत्व गर्दै उनी दिल्ली गएका हुन् ।
बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् ।
प्रधानमन्त्री प्रचण्डको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकी प्रदर्शन गरिएको राजदूत शंकर शर्माले बताए ।








