बिहीवारकाे माैसमः मधेश र लुम्बिनीमा हावाहुरी, पहाडका केही स्थानमा पानी पर्न सक्ने
काठमाडाैँ । आज बिहीवार विहान देशभर माैसम सफा रहेकाे छ । दिउँसाेदेखि माैसम सामान्यतया सफा रहने तर केही स्थानमा हल्का वर्षाकाे सम्भावना रहेकाे छ ।
मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । क्षति यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
बिहीवार रातीकाे माैसम बारे भनिएकाे छ, “कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।”








