१४ बैशाख २०८१, शुक्रबार

उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावितलाई युनाइटेड क्लब पोखराको राहत 

प्रकाशित मिति :  1 June, 2023 7:42 am


पोखरा । उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावितहरुलाई युनाइटेड क्लब पोखराले राहत प्रदान गरेको छ । क्लबले विपद ब्यवस्थापन सहयोगार्थ गढी गाँउपालिका वडा नम्बर १, २ र ५ मा हावाहुरीका कारण पूर्ण रुपमा घर क्षती भएका २५ परिवारलाई राहत वितरण गरेकोे हो । 

नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गरी स्थापना गरिएको विपद ब्यवस्थापन कोष अन्तर्गत क्लबले बुधवार प्रभावित क्षेत्रमा राहत वितरण गरेको हो ।

तीनवटै वडाका २५ जना पीडितलाई युनाइटेड क्लबले जनही ४ हजार,  युएनआई एलईडी एक्सपर्ट लाइटिङ र विवश इलेक्ट्रीकल प्रा.लि ले २५ घरमा २५ सयका दरले बिजुलीका सामाग्री र समाजसेवी राजु राइले २५ घरपरिवारलाई जनही १ हजारका दरले २५ हजार रुपैया राहत स्वरुप प्रदान गरेका हुन् । 

राहत वितरण कार्यक्रममा बोल्दै गढी गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्र बहादुर रावतले उदयपुर जिल्लाको गढी गाँउपालिकामा हावाहुरीका कारण क्षती भएका घर बस्तीमा पोखरादेखी युनाइटेड क्लबको सहयोगबाट आफ्नो वडा र अन्य दुई वडाका हावाहुरी पिडितहरुलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । 

समाजसेवामा उत्कृष्ट मानिएको युनाइटेड क्लबले सामाजिक कामकै लागि पोखरादेखि उदयपुरको बिकट बस्तीमा सहयोग गर्नु आफैमा सराहनीय काम भएको भन्दै प्रशंसा गरे । गढी गाँउपालिका स्थायी घर भइ हाल पोखरा १० निवासी समाजसेवी राजु राईले युनाइटेड क्लबलाई आफुले आफ्नो ठांउमा विपदका कारण जनताहरु प्रभावित रहेको जानकार गराइ सहयोग जुटाउन पाएकोमा खुसी व्यक्त गरे।

युनाइटेड क्लबका आजीवन सदस्य तथा विपद ब्यवस्थापन उपसमिति सदस्य चन्द्र बहादुर थापा, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, राहत वितरण कार्यक्रमका अध्यक्ष तथा युनाइटेड क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, लगायतका वक्ताहरुले राहत वितरण कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । 



प्रतिक्रिया दिनुहोस !