८ पुस २०८२, मंगलबार

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

प्रकाशित मिति :  1 June, 2023 8:10 am


फाइल फाेटाे

काठमाडौँ । चार दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

आज बिहान ११ बजे मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

प्रधानमन्त्रीले बिहीबार अपरान्ह ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र साढे चार बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ । साँझ साढे पाँच बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

चारदिने भ्रमणका लागि बुधबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्।



प्रतिक्रिया दिनुहोस !