काँग्रेस सभापति देउवाद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका (घुँडा भन्दा तल) हरि बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताए ।
बिहीबार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै दुवै खुट्टा गुमाएर पनि हरेस नखाइ सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा रहेको बताएका हुन् । उनले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल अरोहण गर्नु कुनै पार्टीको मात्रै नभइ देशकै लागि गर्वको कुरा भएको बताए ।
सम्मान ग्रहणपछि बोल्दै आरोही बुढामगरले अबको आफ्नो काम शारीरिक अशक्त भएकाहरूका लागि बाधा पर्ने कानूनहरूको अड्चन फुकाउनु रहेको बताए । उनले सरकारले शारीरिक अशक्त भएकाहरूलाई सरकारले कानूनमा सहजता दिए आफ्नो सहयोग सदैव सरकारप्रति रहेको प्रतिबद्धता जनाए ।
पूर्वप्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण हिमालहरूमा धेरै असर पुगेको भन्दै बचाउन लाग्नुपर्नेमा जोड दिए ।








