४ पुस २०८२, शुक्रबार

सरकारले संसद् भवन निर्माणको म्याद थप्न सक्दैन : मन्त्री गुरुङ

प्रकाशित मिति :  1 June, 2023 4:52 pm


काठमाडाैँ । शहरी विकासमन्त्री सीता गुरुङले नयाँ संसद भवन निर्माणको म्याद सरकारले थप्न नसक्ने बताइन् । बिहिबार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले यसअघि पनि सरकारले दुई पटकसम्म म्याद थपिसकेको भन्दै अब ठेक्का समय थप्न नसक्ने बताएकी हुन् ।

उनले आउँदो हिउँदे अधिवेशन नयाँ संसदबाट नै सुरू गर्ने सरकारको योजना रहेको बताइन् । उनले निर्माणको काम सुस्त रहेको भन्दै कामलाई तिब्रता दिन र म्याद थप समस्याको समाधान नभएको उल्लेख गर्दै जनशक्ति बढाएर काम गर्न निर्देशन दिइन् ।

मन्त्री गुरुङले तोकेको समयभित्रै काम सम्पन्न हुनुपर्ने र कुनै व्यवधान भए हटाउन मन्त्रालय नीतिगत निर्णय गर्न र समयमा नै भुक्तानी गर्न सक्षम रहेको बताएकी हुन् ।
 



प्रतिक्रिया दिनुहोस !