८ पुस २०८२, मंगलबार

काँग्रेसभित्रका सबै गुटहरूलाई भत्काउनुपर्छः महामन्त्री थापा

प्रकाशित मिति :  1 June, 2023 4:58 pm


काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरूलाई भत्काउनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्द्धब श्रमिक संघको आयोजनामा काठमाडौँमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले काँग्रेस पुर्ननिर्माणका निम्ति सबै गुटहरूलाई भत्काउनुपर्ने बताएका हुन् । उनले काँग्रेसलाई सुधार्नका लागि सबै गुटहरू भत्काउनु आवश्यक रहेको भन्दै काँग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरूबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरूको साथ छोड्न आग्रह गरे ।

उनले भने, “आजको दिनमा नागरिकलाई सोध्यो भने कुशासन, भ्रष्टाचार, बेथिति यो तीनवटा कुराबाट ऊ आजित छ । पार्टीसँग मान्छे जोडिने भनेको आशाले जोडिने रहेछ । पार्टीले भविष्यप्रति आशावादी बनायो भने मान्छे आउँछ । नेपाली काँग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु । राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ । नयाँ मान्छे आउँछन् । नआउने कुरै छैन । काँग्रेस कमजोर हुने कुरै छैन । यो पार्टीको पुनःनिर्माण सम्भव छ । हामी बनाउने हो यसलाई । तर कसरी सम्भव छ भने यो कोठाभित्र मान्छेलाई पस्न मन लाग्ने हामीले बनाउनुपर्ने छ ।”

महामन्त्री थापाले नागरिकहरू कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरूबाट आजित रहेको उल्लेख गर्दै काँग्रेसले यि तीन कुराहरूलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए। उनले काँग्रेसले मानिसहरूलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिसहरू पार्टीमा आउने बताए ।



प्रतिक्रिया दिनुहोस !