८ पुस २०८२, मंगलबार

प्रधानमन्त्री प्रचण्डले आज महाकालेश्वर मन्दिरमा पूजा गर्ने

प्रकाशित मिति :  2 June, 2023 8:09 am


काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज मध्य प्रदेशको उज्जैनको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

आज बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड महाकालेश्वर मन्दिरमा पुगी १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन् ।

नेपालका प्रधानमन्त्रीको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरी बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ । त्यहाँ प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड दिउँसो करिब एक बजे इन्दोर पुग्ने र होटल मेरियटमा बस्ने भ्रमण तालिकामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !