एमाले सचिवालय बैठक बस्दै
प्रकाशित मिति : 2 June, 2023 9:50 am
काठमाडौँ । आज प्रमुुख प्रतिपक्ष दल नेकपा एमालेको बैठक बस्दैछ ।
आज बिहान साढे ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु हुनेछ । बैठकले वार्षिक कार्य योजनालाई अन्तिम रूप दिनुको साथै केन्द्रिय सदस्यहरूको कार्यविभाजन गर्नेछ ।
गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रिय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भुगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रिय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।








