१५ चैत्र २०८०, बिहिबार

मञ्चमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

प्रकाशित मिति :  2 June, 2023 10:16 am


काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेन एउटा कार्यक्रममा सहभागी हुने क्रममा मञ्चमै लडेका छन्।

शुक्रबार कोलोराडोस्थित अमेरिकी वायुसेना एकेडेमीमा आयोजित दीक्षान्त समारोहमा मन्तव्य दिएर आफ्नो सिटतर्फ आउँदै गर्दा उनी लडेका हुन्। बालुवाको झोलासँग ठोक्किँदा खुट्टा अड्किएर सो घटना भएको हो।

तर उनलाई कुनै चोट नलागेको ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्विटरमार्फत जानकारी दिएका छन्। एजेन्सी



प्रतिक्रिया दिनुहोस !