७ बैशाख २०८१, शुक्रबार

देउवाले गरेका गलत निर्णयको भार पार्टीले बोक्दैन : गगन थापा

प्रकाशित मिति :  2 June, 2023 2:40 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरण जस्ता विषय पार्टी सभापति शेरबहादुर देउवाको एकल सहमतिमा भएको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रेस युनियनको कार्यक्रममा थापाले नेपाली कांग्रेस संलग्न भएको सरकारले केही महत्वपूर्ण र गम्भिर दिर्घकालिन महत्वको र जनचासोको निर्णय भएको बताएका हुन्।

उनले भने, ‘आममाफी, नागरिकताको विषय, प्रदेश सरकारमा सहभागिताका लागि प्रदेशको मन्त्रालय तोडफोड, सांसद विकास कोषलगायत यी सबै विषय कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय मैले तपाईंहरुले भन्दा पछि थाहा पाएको हुँ ।’

पार्टीको आधारमूत मान्यतासँग बाँझिएका निर्णणहरु अब रोक्ने हो एक पछि अर्को गर्दै लिएका गलत निर्णयको भारी अब पार्टीले बोक्दैन । थापाले भने



प्रतिक्रिया दिनुहोस !