६ चैत्र २०८०, मंगलबार

शनिवारकाे माैसमः देशभर तापक्रम बढ्ने, पहाडमा वर्षाकाे सम्भावना

प्रकाशित मिति :  3 June, 2023 9:34 am


काठमाडाैँ । देशको अधिकांश भू-भागको अधिकतम र न्युनतम तापक्रम वढ्ने सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

विभागका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङ्ग बाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ । 



प्रतिक्रिया दिनुहोस !