प्रतिनिधि सभाको बैठक बस्दै, आजदेखि बजेटमा छलफल हुने
प्रकाशित मिति : 4 June, 2023 7:34 am

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बैठक बोलाइएको छ । आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको छ ।
बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
आज बस्ने बैठकमा पूर्वमन्त्री मीना पाण्डको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।