नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको आज जुलुस र धर्ना गर्दै
प्रकाशित मिति : 4 June, 2023 8:48 am

काठमाडौँ । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टीले आज राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ ।
आज बिहान ९ बजे कोटेश्वरबाट जुलुस सहित संघीय संसद् भवन नयाँ वानेश्वरमा धर्नामा बस्ने र धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन गर्ने भएका छन् ।
गत बुधवार बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । पार्टीले जिल्लामा नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ । आज केन्द्रीय राजधानी काठमाडौंमा जुलुस र धर्ना गर्न लागेको हो ।