६ चैत्र २०८०, मंगलबार

नागरिकता विधेयक प्रकमाणीकरणको बिरुद्धमा परेको रिटको सुनुवाई हुँदै

प्रकाशित मिति :  4 June, 2023 9:47 am


काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण भएको कदमबिरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।

मन्त्रीपरिषद्को निर्णयबाट राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको विधेयकको प्रमाणीकरण भएकोमा वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रवार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

नागरिकता विधेयक प्रमाणीकरणबिरुद्ध सर्वोच्चमा दर्ता भएको रिटमा अघिल्लो संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य असंवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !