तीन दलको अवरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टालाई स्थगित
प्रकाशित मिति : 4 June, 2023 1:02 pm
काठमाडौँ । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
सांसदहरूले नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्रीको भारत भ्रमण र आममाफीको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै प्रतिनिधिसभामा अवरोध गरेका छन् ।
एमाले सांसदहरूले नागरिकता विधेयक संसद्मा दर्ता गर,देश बेच्न पाइदैन भन्दै नाराबाजी गरेका छन् । उनीहरूले संविधानको सर्वोच्चता कायम गर्न पनि माग गरेका छन् ।








