८ पुस २०८२, मंगलबार

वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बन्छ : मन्त्री भण्डारी

प्रकाशित मिति :  4 June, 2023 7:33 pm


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने बताएका छन् ।

मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपालीहरु जाने गन्तव्यस्थललाई सुरक्षित र मर्यादित बनाउने दायित्व सरकारले निर्वाह गर्ने बताए ।

उनले सरकारसँग पनि वैदेशिक रोजगारमा गएका मानिसहरूको र फर्किएका मानिसको पनि यकिन डाटा राख्न विभागहरूलाई निर्देशन दिए ।

मन्त्री भण्डारीले अवैधानिक रुपमा नेपालबाट विदेश गएकाहरूलाई मान्यता दिने सरकारको तयारी रहेको बताए ।

उनले नेपालबाट विभिन्न देशमा अवैधानिक रुपमा पर्यटक भिसा लगायत अन्य जुनसुकै भिसामा गएर काम गरिरहेकाहरुलाई मान्यता दिएर नागरिकको साथमा सरकार छ भन्ने महशुस गराउन आवश्यक रहेको बताए ।

मन्त्री भण्डारीले यो विषयमा सरकारल एउटा अभियान सञ्चालन गर्ने बताए । नेपालीहरू अवैधानिक रुपमा गएका देशमा पनि कानूनी प्रावाधानका विषयमा छलफल गर्ने तयारी रहेको उनको भनाई थियो ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारको लागि विभिन्न मुलुकको ऐन र कानूनलाई ध्यानमा राखेर मात्रै सरकारले श्रम सम्झौता गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !