प्रतिनिधि सभाको बैठक बस्दै
प्रकाशित मिति : 5 June, 2023 7:36 am
काठमाडौँ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । आइतबार विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०\०८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दं बैठक अवरुद्ध पारेका थिए ।
विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । तर दलहरूबीच सहमति हुन नसकेपछि सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूचीमा छ।








