४ पुस २०८२, शुक्रबार

आज विश्व वातावरण दिवस मनाइँदै

प्रकाशित मिति :  5 June, 2023 9:13 am


काठमाडौँ । आज जुन ५ अर्थात विश्व वातावरण दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइदैँ छ ।

यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि वातावरण दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।

नेपालमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले वातावरण सम्बन्धी आम मानिसमा जनचेतना जगाउन सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !