८ पुस २०८२, मंगलबार

धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्नु हुँदैन : मन्त्री आचार्य

प्रकाशित मिति :  5 June, 2023 1:01 pm


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताएका छन् ।

ललितपुरमा सोमबार आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर रहेको बताए ।

उनले नेपालमा धार्मिक स्वतन्त्रता भएपनि कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्न नमिल्ने बताए । मन्त्री आचार्यले स्वेच्छाले जुनसुकै धर्म मान्न पाइने संवैधानिक व्यवस्था भएपनि जबरजस्ती गर्न नहुने बताए ।

उनले भने,“ राज्यको कुनै धर्म हुँदैन । सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर छ । नेपालमा धार्मिक स्वतन्त्रता छ तर कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती भन्दा पनि स्वेच्छाले जे पनि धर्म मान्न पाइने संवैधानिक व्यवस्था छ, त्यस अनुसार विचार गर्नुपर्छ ।”

मन्त्री आचार्यले राज्यको कुनै धर्म नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !