८ पुस २०८२, मंगलबार

सूर्य थापाले भने,‘सत्तापक्षका सांसदले दादागिरी देखाए, स्वीकार्य हुँदैन’

प्रकाशित मिति :  5 June, 2023 1:17 pm


काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले सत्ता पक्षका सांसदले सदनमा दादागिरी देखाएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बोलिरहेका बेला प्रधानमन्त्री भैंसी चढेर भारत भ्रमणबाट फर्किएको बताएपछि नेकपा माओवादी केन्द्रका हितराज पाण्डेले नियमापत्ति भन्दै राेकेका थिए । तर सांसद थापाले बोल्दा बोल्दै अवरोध भएको भन्दै सत्ता पक्षले दादागिरी देखाएको भन्दै टिप्पणी गरेका हुन् ।

उनले दादागिरी नसहने चेतावनी दिएका छन् । विवाद बढ्दै गएपछि सभामुख देवराज गिरीले ‘भैँसी चढेर आएको भन्ने’ शब्द हटाउन निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !