२ पुस २०८२, बुधबार

जलविद्युत् क्षेत्रमा नेपाल र भारतबिच बलियो सहमति निर्माण भएको छ : प्रधानमन्त्री

प्रकाशित मिति :  5 June, 2023 2:50 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत क्षेत्रमा सहकार्य गर्ने सन्र्दभमा नेपाल र भारतबीच बलियो सहमति निर्माण भएको बताएका छन्। ‘भारतीय प्रधानमन्त्री नरेद्र मोदीसँग हैदरवाद हाउसमा भएको भेटवार्तामा ऊर्जा व्यापार, ऊर्जा निर्यातका विषयमा महत्वपूर्ण छलफल भएको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका बारेमा जबाफ दिँदै प्रधानमन्त्री दाहालले विभिन्न जलविद्युत आयोजनामा लगानी भित्र्याउने, जलविद्युत आयोजनाका लागि ट्रान्समिसन लाइन निर्माण गर्ने तथा नेपालबाट ऊर्जाको दीर्घकालीन व्यापारका लागि वैधानिक आधार निश्चित गर्ने विषयमा भ्रमणमा महत्वपूर्ण सहमति भएको बताएका हुन्।

‘दीर्घकालीन ऊर्जा व्यापार, भारतीय भूमिहुँदै बंगलादेशसम्म ऊर्जा व्यापार, जलविद्युत निर्यातको सुरुआत गर्ने सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ’, उनले भने नेपालबाट भारत तथा बैगलादेशमा ऊर्जाको व्यापारका लागि आफ्नो ४ दिने भारत भ्रमण महत्वपूर्ण रहेको छ ।

उनले भने, ‘भेटमा व्यापार, पारवाहन, लगानी प्रवर्द्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, बाढी तथा डुवान नियन्त्रण, कृषि, सीमा वारपार, रेलवे सेवा सञ्चालन कार्य, पुलहरुको निर्माण तथा एकीकृत जाँच चौकी तथा सुख्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा सकारात्मक अर्थपूर्ण छलफल भएको छ।’



प्रतिक्रिया दिनुहोस !