१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीको भारत भ्रमणको प्रोटोकल फितलो देखियो : ओली

प्रकाशित मिति :  5 June, 2023 5:17 pm


काठमाडौं । एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नी छोरी गंगा दाहाललाई भ्रमणमा लैजाँदा प्रोटोकल फितलो भएको बताएका छन् ।

उनले भने– ‘पराराष्ट्रमन्त्री कता छ थाहा छैन, अर्थमन्त्री कहाँ छ थाहा छैन । नेताहरु कता छन् थाहा छैन । प्रधानमन्त्रीको छेउमा उहाँको छोरी देखिन्छिन् । आफ्नो छेउमा पराराष्ट्रमन्त्री छैन, परराष्ट्र सचिव छैन, छोरी राखेको छ । परराष्ट्रको चिफ अफ प्रोटोकल छैन परिवारको सदस्य राख्नुभएको छ । म एउटा के भन्न चाहन्छु भने फस्ट लेडी भनेर ‘स्पाउज’लाई राख्न सकिन्छ, अरु भनेको परिवारका सदस्य हो । छोरो लिएर जानुभयो भने फस्ट जेन्टलम्यान ? ‘स्पाउज’ त हैन । न्यूजिल्याण्ड लगायतका प्रधानमन्त्रीले ‘स्पाउज’ लिएर जान्छन् । महिला प्रधानमन्त्रीले पनि लिएर जान्छन् । फस्ट लेडी भनेर परिवारका सदस्यलाई भनिँदैन ।’

‘भोलि नाती–नातिनी लिएर जानुभयो भने के भन्ने रु सेकेन्ड लेडी रु यस्तो भ्रमणलाई त्यस्तो भद्रगोल गर्नुहुँदैन, त्यहाँ त परराष्ट्रमन्त्री हुनुपर्छ । त्यहाँ मन्त्रीहरु, परराष्ट्र सचिव, शिष्टाचार महापाल हुनुपर्छ । त्यहाँ अफिसियल नोट लेख्ने मान्छे हुनुपर्छ । तपाईंले त्यहाँ कति कुरा गर्नुभयो त्यो सबै सम्झन सकिन्छ रु यस्ता कुराहरुमा रेकर्ड राखिनुपर्छ । ओलीले भने ।

ओलीले प्रधानमन्त्रीको भारत भ्रमण घरी धार्मिक हो कि घरी पर्यटकीय हो कि तिर्थाटान होकि जस्तो देखिएकोले भ्रमण एकदमै फितलो भएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !