६ बैशाख २०८१, बिहिबार

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

प्रकाशित मिति :  6 June, 2023 8:14 am


काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक मंगलबार बस्दैछ। आज बिहान ११ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको बस्ने संसद् सचिवालयका जनाएको छ ।

प्रतिनिधि सभा बैठकमा आगामी २०८०र०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले बताएको छ। राष्ट्रिय सभा बैठकमा पनि आजबाट बजेटमाथिको छलफल सुरू हुनेछ ।

सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् । गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सोमबारबाट सदनमा छलफल शुरु भएको हो ।

यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर संसद् अवरुद्ध भएपछि सोमबारदेखि छलफल शुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !