८ बैशाख २०८१, शनिबार

व्रिफकेस रातो रिवनले बाँधेर के गर्नु विचौलियाहरु छिरिसकेका हुन्छन् : गिरी

प्रकाशित मिति :  6 June, 2023 2:57 pm


काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बजेट भाषणको अघिल्लो दिन अर्थमन्त्रालयमा विचौलियाहरु राखिएको विषयमा स्ष्ट पार्नुपर्ने बताए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीले संसदबाट करका दरको विषयमा उठेको प्रश्नमा चित्तबुझ्दो जवाफ दिन माग गरे ।

‘बजेटको अघिल्लो दिन अर्थमन्त्रालयमा विचौलियहरुलाई राखेर करको दर हेरफेर गरिएको भन्ने सुन्नमा आएको छ ।’, गिरीले भने ‘अर्थमन्त्रीले बजेट भाषणको लागि व्रिफकेस रातो रिवनले बाँधेर के गर्नु त्यहाँभित्र विचौलियाहरु छिरिसकेका हुन्छन् ।’

‘हामी सुशासनको पक्षमा छौं । यसको विषयमा अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्‍यो । होइन भने संसदीय छानबिन समिति बनाएर छानबिन गराएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौं ।’गिरीले भने

उनले बजेट निर्माण हुनुअघि मध्यवर्गीहरूले चढ्ने ११ सय गाडी नेपाल भित्रिएको बताए ।’

उनले भने, ‘महंगा गाडीमा भन्सारशुल्क खासै बढाइँदैन । तर, मध्यमवर्गीयहरूले चढ्ने गाडीमा भन्सार शुल्क बढाइन्छ । ती सबै कुरा कसरी भइरहेका छन् । आम जनताले जान्न चाहेका छन् । आज १५ प्रतिशत अन्तशुक्ल र भन्सार शुल्क बढेका साना गाडीहरू छन् । ती साना गाडीहरुमा ११ सय गाडी भित्रँदा राज्यलाई ९३ करोड नोक्सान हुन पुगेको छ । यति गम्भिर खालको घटना भएको छ सभामुख महोदय ।’

गिरीले उक्त विषय सामान्य विषय नभएको हुनाले यथार्थ कुरा के हो आम नेपाली जनताले बुझ्न पाउनुपर्ने माग राखे ।

सांसद गिरीले सुशासन र परर्दशिताको पक्षमा रहेकोले नीतिगत भ्रष्टचारको विपक्षमा नेकपा एमाले दृढताको साथ उभिएको बताउँदै यसको यर्थाथको विषयमा अर्थमन्त्रीले चित्तवुझ्दो जवाफ दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !