निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा जारी आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा बुधबार शून्य समयमा उनले निर्वाचन आयोगका जिल्ला कार्यालयहरु कटौती गर्ने निर्णय सच्याउन सरकारसँग माग गरेका हुन्।
थापाले सरकारले हुलमुलमा कार्यालयहरु कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्ने तर्फ यथेस्ट ध्यान नपुर्याएको बताए ।
उनले भने ‘आफूले गरेको गल्तिलाई समयमै सच्यायो भने त्यो गल्तिको दुष्प्रभाव हामीले बेहोर्नुपर्दैन,’ उनले अगाडि भने, ‘निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाइ तत्काल सच्याउन म नेपाल सरकारसँग माग गर्दछु ।’
सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्ताव गरेको छ । यसप्रति निर्वाचन आयोगले समेत आपत्ति जनाइसकेको छ ।
संविधानले निर्वाचनका निम्ति मतदाता नामावली संकलन गर्ने काम निर्वाचन आयोगलाई नै जिम्मा दिएको उल्लेख गर्दै उनले जिल्ला निर्वाचन कार्यालय खारेज गरिए निर्वाचनको निश्पक्षतामा असर पर्न सक्ने बताए ।
‘खर्च कटौतीको कोणबाट यसलाई हेरेको हो भने वर्षमा यो काम गरे बापत्त अधिकतम १५ करोड भन्दा बढी बचत हुने अवस्था देखिँदैन् । के १५ करोड बचत गर्नको लागि निर्वाच्नको निश्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा हामी पुगिसकेको हो त ? थापाले प्रश्न गरे ।








