१२ बैशाख २०८१, बुधबार

कुटनीतिक माध्यामबाट सीमा समस्या समाधान गर्न मोदी सकरात्मक : प्रधानमन्त्री

प्रकाशित मिति :  7 June, 2023 1:33 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकसँग जमिन सट्टापट्टाको कुरा नगरेको स्पष्टीकरण दिएका छन्।

बुधबार राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतेदेखि २१ गतेसम्म भएको भारत भ्रमणबारे प्रश्नको जवाफ दिने यस्तो स्पष्टीकरण दिएका हु्न्।

‘मैले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालका हुन्, यस समस्याको समाधान गर्नुपर्छ भनेको हो। भारतीय पक्षसँग औपचारिक र अनौपचारिक रुपमा मैले यस्तोकुनै प्रस्ताव गरेको छैन’, उनले भने, ‘हामीले यदि बंगलादेशको मोडलबारे अध्ययन गरेर अघि बढ्दा ठीक हुन सक्छ। विज्ञहरुले बंगलादेश जाने बाटो पाए त्यो पनि समाधान हुन्छ भनेका छन् भनेको हुँ। त्यो कुरा भारत सरकारसँग राखेको होइन।’

उनले दुई देशबीच देखिएको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न भारतीय प्रधानमन्त्री सकारात्मक रहेको प्रष्ट्याए।

उनले यो विकल्पबारे एउटा दुइटा बुद्धिजीवीले मात्रै होइन धेरैले भनेको पनि बताए। नेपालमा सीमासम्बन्धी समस्या समाधानका लागि सरकारले अध्ययन गरेको बताउँदै अब त्यसलाई टुंगोमा पुर्‍याउनुपर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा विद्युत् र ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएको बताए।

भारतीय बजारमा नेपाली उत्पादित वस्तुलाई भारतीय बजारमा बेच्नेबारे सकारात्मक छलफल भएको छ । उनले भने, ‘नेपालले सामना गरिरहेको व्यापार घाटाको विषयलाई पनि गम्भीर छलफल भएको छ। दुई पक्षीय व्यापारलाई अझै सहज बनाउनको लागि नेपाल भारत वाणिज्य सन्धिको पुनरावलोकन गर्नेबारे पनि निर्देश भएको छ।’

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले २४ वैशाखमै नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सुझाव दिएको बताएका छन् । आफू भारत भ्रमणमा जाने दिन ९जेठ १७ गते० राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु संयोग मात्र भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !