१६ चैत्र २०८०, शुक्रबार

कीर्तिमानी आरोही रोल्पाका हरि बुढामगरको जीवनी विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग

प्रकाशित मिति :  7 June, 2023 2:43 pm


काठमाडौँ । नेकपा एमालेकी सांसद इश्वरी घर्तीले घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन गरेर विश्व रेकर्ड कायम गरेका रोल्पाका हरि बुढामगरको जीवनी विद्यालयकाे पाठ्य क्रममा समावेश गर्न माग गरेकी छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद घर्तीले घर्तीले नेपाललाई विश्वभर चिनाउने हरि बुढामगरलाई नेपाल सरकारले वितरण गर्ने कुनै उच्च तहको विभुषण प्रदान गर्न समेत माग गर्दै माध्यामिक तहको सामाजिक विषयको पाठ्यक्रममा जीवनी समेत समावेश माग गरेकी हुन् ।

उनले भनिन्,“शारीरिक रूपमा अशक्त हुदा पनि ज्यानको प्रवाह समेत नगरी नेपालको गरिमालाई उचो बनाउने तथा नेपाललाई विश्वभर चिनाउने हरि बुढामगरलाई नेपाल सरकारले बर्षेनी वितरण गर्ने कुनै उच्च तहको विभुषण प्रदान गरिनुका साथै माध्यमिक तहमा सामाजिक बिषयको पाठ्यक्रममा उहाँको जिवनी समावेश गरिदिन म सभामुख मार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछु ।”

घर्तीले घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन भएर पनि यहि जेठ ५ गते सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड कायम गरेका थिए । बुढामगरलाई त्रिभुवन विमानस्थलमै पुगेर पर्यटनमन्त्री आफै पुगेर स्वागत गरेका थिए ।

साथै राष्ट्रपति,उपराष्ट्रपति,सभामुख,राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायत करिब ५ दर्जन बढी निकाय÷संघ संस्थाले सम्मान तथा बधाई थिएका थिए ।

बुढामगरले सन् २०१० मा अफगानिस्तानमा तालिवानको एम्बुसमा परेर घुँडामाथिबाट खुट्टा गुमाएका थिए । सगरमाथाको सफल आरोहणपछि घर्तीमगरले अपाङ्गता सम्बन्धी सचेतना, जलवायु परिवर्तन र विश्व शान्तिका लागि अफ्नो जीवन सर्मपित गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !