७ बैशाख २०८१, शुक्रबार

न्युनतम र अधिकतम तापक्रम अझै केही दिन नघट्ने, यस्ताे हुनेछ बिहीवारकाे माैसम

प्रकाशित मिति :  8 June, 2023 7:01 am


काठमाडाैँ । देशकाे तराइ क्षेत्रमा बढ्दाे तापक्रम अझै केही दिन नघट्ने भएकाे छ । जल तथा माैसम पूर्वमानु विभागका अनुसार तराइ क्षेत्रमा निरन्तर अझै ताताे हावा/लु चल्नेछ । 

आगामी २४ घण्टामा कोशी प्रदेश लगायत गण्डकी तथा कर्णाली पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । 

विभागकाे माैसम पूर्मानुमान बुलेटिनमा बुधबार दिउँसाेकाे माैसम बारे भनिएकाे छ, “कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।कोशी प्रदेश लगायत गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।” 

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाइएकाे छ ।

अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङ्ग बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ।



प्रतिक्रिया दिनुहोस !