४ पुस २०८२, शुक्रबार

शुक्रबारकाे माैसमः तीन प्रदेशमा पानी पर्ने, बाँकी क्षेत्रकाे तापक्रम भने नघट्ने

प्रकाशित मिति :  9 June, 2023 6:47 am


फाइल फाेटाे

काठमाडाैँ । देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन अझै नघट्ने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । जसका कारणा तराइमा तातो हावा / लू चलिरहेकाे छ ।

विभागका अनुसार कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङ्ग बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।



प्रतिक्रिया दिनुहोस !