२४ माघ २०८२, शनिबार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति :  9 June, 2023 7:38 am


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने छ ।

बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल जारी रहने छ। जेठ २२ गतेदेखि बजेटमाथिको छलफल सुरू भएको हो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९

त्यस्तै आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को तर्फबाट २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित र पहिलो संविधान सभा सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ।



प्रतिक्रिया दिनुहोस !